
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य सम्बन्धी जानकारी दिन जानकी टेक्नोलोजी (स्प्यारो एसएमएस) र एक एक पाइला फाउन्डेसनबीच सम्झौता भएको छ ।
स्प्यारो एसएमएसले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत स्वास्थ्य सम्बन्धी जानकारी दिन एक एक पाइला फाउन्डेसनसँग सम्झौता गरेको हो ।
संस्थाका संस्थापक डा. सुमन शमशेर थापा र जानकी टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत मनोज थापाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
एक एक पाइला नेपालको स्वास्थ्य अवस्था सुधार गर्न काम गर्ने समान विचारधारा भएका व्यक्तिहरूको समूह हो । यो संस्थाले विशेषत नेपालका दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
सो सम्झौता अनुसार जानकी टेक्नोलोजीले स्प्यारो एसएमएस मार्फत विभिन्न माध्यमबाट सर्वसाधारण जनतामा फाउन्डेसनको सेवा तथा जानकारी प्रवर्द्धन गर्न एक एक पाइलासँग सहकार्य गर्ने छ ।
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
