
रुसले युक्रेनको एक प्रसुति तथा बालअस्पतालमा आक्रमण गरेको छ । रुसले युक्रेनको मरियुपोलस्थित एक बाल अस्पतालमा आक्रमण गरेको हो ।
बाल अस्पतालमा भएको आक्रमणमा १७ जना घाइते भएको युक्रेनका अधिकारीहरुले दाबी गरेका छन् । रुसी आक्रमणबाट उक्त अस्पताल पूर्णरुपमा नष्ट भएको छ ।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भत्किएको अस्पताल भवनमा मानिसहरु फसेको बताएका छन् । राष्ट्रपति भोलोडिमिरले अस्पतालमा भएको आक्रमणलाई अपराधको संज्ञा दिदै उनले ट्वीटरमा आक्रमणपछि अस्पतालको अवस्थाको भिडियो शेयर गरेका छन् । उक्त भिडियोमा अस्पतालमा गम्भीर क्षति भएको देखिएको छ ।
मिडिया रिपोर्टका अनुसार रुसी सेनाले बाल अस्पतालमा थुप्रै बम खसालेका थिए र प्रसूति वार्डलाई समेत निशाना बनाएका थिए ।
एजेन्सी
प्रकाशित मिति: बिहीबार, फागुन २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


