
जनस्वास्थ्य सरोकार, काठमाडौं । आज ‘विश्व मिर्गौला दिवस २०२२’ विश्वभर विभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाइँदै छ । यसवर्षको विश्व मिर्गौला दिवसको नारा ‘मिर्गौला स्वास्थ्य सबैका लागि’ तय गरिएको छ ।
विश्व मिर्गौला दिवस २०२२ को अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा स्व.रामकृष्ण श्रेष्ठ र भुवन कुमारी श्रेष्ठको सम्झनामा श्रेष्ठ परिवारले राष्ट्रिय मिर्गौला उपचार केन्द्रलाई दुई थान वी ब्राउन हेमोडायलाइसिस मेशिन हस्तान्तरण गरेको छ ।
श्रेष्ठ परिवारको तर्फबाट प्रभाकर श्रेष्ठले राष्ट्रिय मिर्गौला उपचार केन्द्रले विगत २५ बर्षदेखि प्रदान गर्दे आएको डायलाइसिस सेवाको उच्च प्रशंसा गर्दे दुई थान वी ब्राउन हेमोडायलाइसिस मेशिन हस्तान्तरण गरेका हुन् ।
श्रेष्ठले केन्द्रका कार्यकारी निर्देशक डा.ऋषि कुमार काफ्लेलाई मेशिन खरिद गर्न लाग्ने आवश्यक रकम समेत हस्तान्तरण गरेका छन् ।
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
