
जनस्वास्थ्य सरोकार, काठमाडौं । आज विश्व मृगौला दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइदै छ । विश्व मृगौला दिवसको अवसरमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, स्वास्थ्य अभियान नेपाल र अंग प्रत्यारोपण समाज नेपालले संयुक्त रुपमा कार्यक्रम गरी विश्व मृगौला दिवस मनाइएको छ ।
यसै अवसरमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आयोजना गरेको स्वास्थ्यमन्त्री विरोध खतिवडाले नेतृत्व गरेको टोली र मिर्गौला प्रत्यारोपित टोलीबीचको दशरथ रंगशालामा मैत्रीपूर्ण फुटवल खेल आयोजना गरिएको थियो ।
उक्त खेल ३–३ गोलको बराबरीमा टुंगिएको छ । दशरथ रंगशालामा सम्पन्न प्रतियोगितामा स्वास्थ्यमन्त्री खतिवडाले नेतृत्व गरेको उच्च सरकारी पदाधिकारी, चिकित्सक कलाकार तथा पत्रकार सम्मिलित टोली र झमक श्रेष्ठले नेतृत्व गरेको अंग प्रत्यारोपित टोलीबीच भएको हो । उक्त कार्यक्रममा मानव अंग प्रत्यारोपण समाज नेपाल र स्वास्थ्य अभियान नेपालको पनि सहकार्य रहेको थियो ।
मैत्रीपूर्ण फुटवल खेलमा शहरी विकास मन्त्री रामकुमारी झाँक्री, पूर्व मुख्य सचिव लिलामणि पौडेल, स्वास्थ्य सचिव देवकुमारी गुरागाईं, स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनी, प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ सहित बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले डायलासिसका लागि प्रत्येक वर्ष एक जना व्यक्तिका लागि साढे २ लाख रुपैयाँ र प्रत्यारोपणमा ५ लाख रुपैयाँ सरकारले खर्च गर्ने बताउनु भयो ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३


