
जनस्वास्थ्य सरोकार, काठमाडौं । सात प्रदेशका ४० जना स्वास्थ्यकर्मीहरुलाई हिमोफिलियासम्बन्धि तीन दिने तालिम प्रदान गरिएको छ । नेपाल हिमोफिलिया सोसाइटीको आयोजनामा हिमोफिलिया रोग पहिचान, परीक्षण र उपचारसम्बन्धि तालिम उपलब्ध गराइएको हो । सिभिल सर्भिस हस्पिटालमा भएको सो तालिममा सातै प्रदेशका फिजिसियन, पेडियाट्रिक्स र नर्सिङहरुको सहभागिता रहेको थियो ।
बेलायतबाट आएका कन्सल्टेन्ट हेमाटोलोजिष्ट डा. थाचिनले हिमोफिलिया र कगुलेसन (रगत जम्ने समस्या) पहिचान, परीक्षण र उपचार तालिममा सहभागी सबैलाई प्रशिक्षण दिनुभएको थियो ।

यो तालिमले स्वास्थ्यकर्मीहरुलाई हिमोफिलिया र रगत जम्ने रोगको पहिचान गरी सम्बन्धित विशेषज्ञकहाँ पठाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने तालिममा सहभागी बीर हस्पिटलका हेमाटोलोजिष्ट डा. निरज कुमार सिंहले बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, फागुन २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


