
जनस्वास्थ्य सरोकार । चीनमा पुन: कोरोना भाइरसको संक्रमण फैलिन थालेको छ । आइतबार चीनमा एकैदिन ३ हजार ३ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको चीनको राष्ट्रिय आयोगले जनाएको छ । आयोगका अनुसार नयाँ कोरोना संक्रमितको यस संख्या सन् २०२० पछिको दोब्बर बढी हो ।
कोरोना संक्रमितको संख्या बढेसँगै सांघाईमा शैक्षिक संस्थाहरु बन्द गरिएका छन् । चीनमा ओमिक्रोन र डेल्टा भेरियन्ट तीर्व रुपमा फैलिएसँगै उत्तरपूर्बी शहरहरुमा लकडाउन समेत गरिएको छ ।
सन् २०२० मा चीनको वुहानबाट कोरोना भाइरस विश्वव्यापी रुपमा फैलिएको थियो । चीनको वुहानबाट कोरोना भाइरस फैलिएपछि चीनमा कडा लकडाउन गरिएको थियो ।
प्रकाशित मिति: आइतबार, फागुन २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


