
मानिसको जीवन चक्र पुरानो पात झरेर नयाँ पालुवा पलाउँदै गएजस्तै हो । तर कहिलेकाँही विभिन्न कारण अकालमा मानिसको ज्यान जाने खतरा बढ्नसक्छ । यसैमध्येको एक हो मस्तिष्कघात पनि ।
एकदिन अर्जुन बस्नेत नाम गरेका एकजना व्यक्तिलाई मस्तिष्कघात हुन्छ र उपचार पनि नाटकीय शैलीमा पाउँछन् उनले । दश दिनमै आफ्नो सामान्य दिनचर्यामा फर्किन सफल हुन्छन् ।
उनको बाँसबारीस्थित उपेन्द्र देवकाटा मेमोरियल न्युरो हस्पिटलमा रहेको न्युरो इन्टरभेन्सन पद्धतिबाट बिना शल्यक्रिया क्याथेटरको माध्यमबाट मस्तिष्कमा जमेको रगतको थेग्लो निकालेका कारण सामान्य जीवनमा फर्किए अर्जुन । पढ्दा कथा जस्तो लाग्नसक्छ । तर यो घटना सत्य हो ।
मस्तिष्कघात भएका कति व्यक्ति जीवनभर प्यारालाईसिस हुन्छन् भने कतिपय व्यक्तिको तत्काल ज्यान पनि जानसक्छ । त्यो मस्तिष्कघातको प्रकारमा भर पर्ने कुरा हुन्छ । यस प्रकारको समस्या प्रायः उच्च रक्तचाप, उच्च कोलेस्टेरोल र मधुमेह भएका व्यक्तिहरुलाई हुनसक्ने सम्भाना रहन्छ । अर्जुनमा पनि कोलेस्टेरोल उच्च थियो । सायद यसैको परिणाम अर्जुनमा मस्तिष्कघात भएको हुनसक्छ । यस्ता धेरै व्यक्तिहरु मस्तिष्कघातको जोखिममा बसिरहेका छन् । कतिपयलाई मस्तिष्कघात भएपछि यस प्रकारको प्रविधि कहाँ छ भन्ने जानकारी नहुनसक्छ ।
अमेरिकाको हारवर्ड विश्वविद्यालयका अनुसार,मस्तिष्कमा सयौं अरब कोशिकाहरु हुन्छन् । मस्तिष्कघात भई रक्तनली बन्द भएर उपचार नपाएको खण्डमा प्रतिमिनेट करिब २० लाख दिमागका कोशिकाहरु मर्दछन् । त्यसैले मस्तिष्कघातलाई एक्युट मेडिकल इमर्जेन्सी (आपत्कालीन स्वास्थ्य समस्या) भनिन्छ । मस्तिष्कघात भएका बिरामीको उपचार, विगतमा थ्रोम्बोलाइसिसमा मात्र सिमित थियो ।
यस पद्धतिमा औषधिको प्रयोगबाट रगतको थेग्लो पगाल्न प्रयास गरिन्छ । यसका लागि मस्तिष्कघात भएको साढे चार घण्टा भित्र बिरामीलाई अस्पताल पु¥याउनुपर्ने हुन्छ । अहिले भने न्युरो इन्टरभेन्सन पद्धतिबाट २४ घण्टा सम्म पनि यस्ता बिरामीलाई अस्पताल पुर्याउन सकेमा बन्द भएको ठूलो रगतको नसाबाट त्यो थेग्लो निकालेर बिरामीलाई पुर्ववत अवस्थामा ल्याउन सम्भव भएको छ ।
अहिले बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलमा नेपालकै पहिलो वाई प्लेन क्याथल्याब जडान भई विगत एक वर्षदेखि सञ्चालनमा आएको छ । हालसम्म ३० जना भन्दा बढीले थ्रम्बेक्टोमी र ४५जना भन्दा बढीले एन्युरिजम क्वाइलिङको सेवा पाई सक्नुभएको छ । साथै यस प्रविधिमाबाट गरिएको उपचारमा ९२ देखि ९५ प्रतिशतसम्म सफलता प्राप्त भएको छ । यो नेपालमा पहिलोपटक भित्रिएको अत्याधुनिक सेवा हो ।
यस अस्पतालमा बाईप्लेन क्याथल्याब भित्रिए सँगै वरिष्ठ न्युरो सर्जन प्रा.डा. उपेन्द्र देवकोटाको न्युरो इन्टरभेन्सन सेवा सर्वसुलभ बनाउने सपना साकार भएको छ । हस्पिटलमा इन्टरभेन्सनल रेडियोलोजिष्ट डा.सुबास फुयालले गत एक वर्षदेखि न्युरो इन्टरभेन्सन सेवा प्रदान गर्दै आउनुभएको छ ।
उहाँ न्युरो इन्टरभेन्सनमा अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्सेज (एम्स, नयाँ दिल्ली) बाट डीएम गर्ने पहिलो नेपाली चिकित्सक हुनुहुन्छ । यद्यपी यस प्रकारका प्रविधिहरुले मस्तिष्कघातबाट हुनसक्ने प्यारालाईसिसबाट छुटकारा पाउन निकै मद्धत गरिरहेको छ । यस प्रविधि भित्र्याएर सेवा उपलब्ध गराउने हस्पिटल र डाक्टर धन्यवादका पात्र हुनुहुन्छ ।
बाढीबाट घाइते ६२ जनाको काठमाडौं, नुवाकोट र रसुवाका अस्पतालमा उपचार जारी
बुधबार, भदौ १०, २०८३
१३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो (नामसहित)
बुधबार, भदौ १०, २०८३
बाढीमा घाइते २४ जनाको रसुवा अस्पतालमा उपचार, एकको मृत्यु
बुधबार, भदौ १०, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १० निर्णय
बुधबार, भदौ १०, २०८३
