
विगतमा न्युरो सर्जरी अभ्यास अहिलेभन्दा निकै गाह्रो थियो । सिटी स्क्यानको भरमा सम्पूर्ण टाउकाको शल्यक्रिया गर्नुपथ्र्यो । अहिले अत्याधुनिक प्रविधि भित्रिएका छन् । यसले बिरामीको ज्यान जोगिने दर बढिरहेको छ
नेपालमा पहिलोपटक उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलमा भित्र्याइएको वाइप्लेन क्याथ ल्याबबाट मस्तिष्कघात, एन्युरिजम र ब्रेन ह्यामरेज भएका ४ सय भन्दा बढी बिरामीहरुको न्युरो इन्टरभेन्सन पद्धतिबाट ज्यान जोगिन सफल भएको छ ।
विभिन्न अध्ययनमा मस्तिष्कघात, एन्युरिजम र ब्रेम ह्यामरेज (नशा च्यातिएको) भएका बिरामीको उपचार गर्दा १० देखि १५ प्रतिशत कम्लिकेसन हुनसक्छ । तर न्युरो इन्टरभेन्सन प्रविधिले गर्दा अस्पतालमा अहिलेको सफलता दर लगभग ९०—९५ प्रतिशत रहेको छ ।
न्युरो इन्डोभास्कुलर प्रविधिमा हात वा खुट्टाको नसाबाट क्याथेटर पठाएर मस्तिष्कको रगतको नसा भित्र जमेको रगतको थेग्लो निकालिन्छ । मस्तिष्कको भास्कुलर समस्या जस्तै, एन्युरिजम (रक्तनलीको फोको), घाँटीको नसा सुक्ने, मेरुदण्डको नसा सम्बन्धि समस्यामा पनि न्युरो इन्टरभेन्सन पद्धति निकै प्रभावकारी मानिएको छ ।
बिना शल्यक्रिया हात या खुट्टाको नशाबाट क्याथेटर छिराएर समस्याग्रस्त मस्तिष्कको नसाको उपचार गर्ने नयाँ प्रविधिलाई न्युरो इन्टरभेन्सन सर्जरी भनिन्छ । बन्द भएको मस्तिष्कको नसा खोल्ने, नशामा गुच्छा भए नसा बन्द गर्ने र नसा च्यातिएर ह्यामरेज भए भित्रबाटै सिलाउन सकिने अत्याधुनिक प्रविधि हो यो ।
विगतमा स्ट्रोक (मस्तिष्कघात) को उपचार थ्रोम्बोलाइसिसमा मात्र सिमित थियो । यस प्रविधिमा मस्तिष्कको ठूलो नसा बन्द भएमा रगत पगाल्ने औषधि दिइन्थ्यो । प्यारालाईसिस भइसकेपछि ओछ्यानमा बस्नुको विकल्प थिएन । तर अहिले मस्तिष्कको बन्द भएको नसा ६ घण्टाभित्र अस्पताल पु¥याउन सकेमा न्युरो इन्टरभेन्सन प्रविधिबाट रगतको थेग्लो निकाली विरामीलाई पूर्ववत अवस्थामा फर्काउन सकिन्छ । तर समस्याको जटिलताको आधारमा २४ घण्टासम्म पनि यस्ता बिरामी अस्पताल पु¥याउन सकेमा राम्रोसँग रिकभर हुनसक्छ । प्यारालाईसिस भएर बाँच्नु पर्दैन ।
त्यसैले न्युरो इन्टरभेन्सन प्रविधिमा प्रयोेग हुने क्याथेटरलगायतका सामान सबै अमेरिका, युरोप लगायतका मुलुकबाट ल्याउनुपर्ने भएकाले महँगा छन् । सरकारी अस्पतालमा होस् या निजी, न्युरो इन्टरभेन्सन पद्धतिबाट उपचार गर्न जटिलताको आधारमा ५० हजारदेखि २० लाख रुपियाँसम्म खर्च लाख्नसक्छ । त्यसैले सरकारले उपकरण आयातलगायतका विभिन्न कुरामा सहयोग गरे गरिब एवं विपन्न बिरामीको समेत उपचारमा पहुँच पुग्नसक्ने देखिन्छ ।
बाढीबाट घाइते ६२ जनाको काठमाडौं, नुवाकोट र रसुवाका अस्पतालमा उपचार जारी
बुधबार, भदौ १०, २०८३
१३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो (नामसहित)
बुधबार, भदौ १०, २०८३
बाढीमा घाइते २४ जनाको रसुवा अस्पतालमा उपचार, एकको मृत्यु
बुधबार, भदौ १०, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १० निर्णय
बुधबार, भदौ १०, २०८३
