जनस्वासथ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दरबन्दी भन्दा बढी कर्मचारी थप नगर्न निर्देशन दिएको छ। सहमतिका नाममा स्वास्थ्य सेवा तर्फका कर्मचारीहरुको समायोजन मिलानका क्रममा समस्या देखिएपछि सबै प्रदेश सरकार र स्थानीय तहलाई पत्र पठाउँदै सो निर्देशन दिएको हो ।
पत्रमा दरबन्दीभन्दा बढी स्वास्थ्यकर्मी नराख्न आग्रह गर्दै सहमतिका नाममा समायोजन गरी दरबन्दीभन्दा बढी स्वास्थ्यकर्मी राखेमा तलब भत्ता नदिने जनाइएको छ।
कतिपय प्रदेश, स्थानीय तहहरूले स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी राखेर थप तलबभत्ता माग गरेको पाइएको उल्लेख गर्दै मन्त्रालयले दरबन्दीमा भएका स्वास्थ्यकर्मीलाई मात्र तलब भत्ता दिने निर्णय गरेको छ ।
प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


