
जनस्वास्थ्य सरोकार, गण्डकी। पोखरा महानगरपालिका–११ रानीपौवामा महिलाको स्तन तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी निः शुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
मार्गदर्शन महिला समूहद्वारा आयोजित सो शिविर गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाको आर्थिक सहयोग गर्नुभएको थियो । उहाँले प्रदेशसभा सदस्य भएदेखिनै आफूले पाउने तलब, भत्ताबापतको रकम विभिन्न सामाजिक कार्यमा खर्च गर्दै आउनुभएको छ ।
शिविरको शुभारम्भ गर्दै मन्त्री थापाले प्रदेश सरकारले समेत क्यान्सर तथा पाठेघर मुखको क्यान्सरबाट पीडित महिलालाई उपचारका लागि सहयोग गर्दै आएको जानकारी दिनुभयो ।
त्यस्ता बिरामीलाई सङ्घीय सरकारले रु एक लाख र प्रदेश सरकारले रु ५० हजार उपचारार्थ उपलब्ध गराउँदै आएको छ । शिविरमा गण्डकी मेडिकल कलेजका स्त्रीरोग विशेषज्ञ डा अनु हीराचनसहितको स्वास्थ्यकर्मीको टोलीले १६१ महिलाको स्वास्थ्य परीक्षण गरेको थियो ।
सो अवसरमा १० महिलाको थप उपचार गर्नुपर्ने देखिएकाले अस्पतालमा सिफारिस गरिएको कार्यक्रम संयोजक अंशु शेर्पाले जानकारी दिनुभयो । कार्यक्रममा आवश्यक औषधि पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले उपलब्ध गराएको शाखा प्रमुख सविना श्रेष्ठले जानकारी दिनुभयो । पोखरा महानगरपालिका–११ का वडाध्यक्ष मोहन बास्तोलाले मार्गदर्शन महिला समूह समाजका लागि एक उदाहरण बनेको उल्लेख गर्दै शिविरबाट समाजका विपन्न एवं असहाय वर्गले बढी फाइदा लिने गरेको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस पोखरा महानगरपालिका–११ का सभापति हरिप्रसाद बास्तोला र स्थानीय समाजसेवी प्रेम कर्माचार्यलगायतले क्यान्सर रोग र शिविरको महत्त्व माथि प्रकाश पार्नुभएको थियो ।
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
