
जनस्वास्थ्य सरोकार । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामालाई कोरोना भाइरस संक्रमण भएको छ। ट्वीट गर्दै उहाँले आफूमा संक्रमण देखिएको जानकारी दिनुभएको हो ।
उहाँले केही दिनदेखि आफ्नो घाँटी सुख्खा भइरहेको र परीक्षण पछि रिपोर्ट पोजेटिभ आएको उल्लेख गर्नुभएको छ । पूर्व प्रथम महिला मिसेल ओबामाको रिपोर्ट भने नेगेटिभ आएको छ।
उहाँले सबैलाई कोरोनाविरुद्धको खोप लगाउन आग्रह पनि गर्नुभएको छ । कोरोना संक्रमण दर घटे पनि सबैले खोप लगाउन पर्नेमा उहाँले जोड दिनुभयो ।
प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
बी एन्ड बी अस्पतालमा ‘एकेबी लिम्ब फिटिङ सेन्टर’ उद्घाटन
सोमबार, माघ १२, २०८२
छैठौँ एपोन फुटसल कप २०२६ को उपाधि एसियन फर्मास्युटिकल्सलाई
शनिबार, माघ ३, २०८२ट्रेन्डिङ



