
जनस्वास्थ्य सरोकार, काठमाडौँ । आफन्तबाहेकले मिर्गौला दान गर्न नपाउने कानुन संशोधन गर्न सरोकारवालाले माग गरेका छन् ।
नेपालमा मिर्गौला प्रत्यारोपण सम्भव भए पनि दाता नहुँदा समस्या परेका बेला आफन्तबाहेकले पनि अंग दान गर्न पाउने गरी कानुनमा व्यवस्था गर्न उनीहरुले माग गरेका हुन ।
स्वदेशमै सम्भव भएपनि दाता नहुँदा धेरैले प्रत्यारोपको अभावमा ज्यान गुमाउने गरेका छन्। आफन्त बाहेकले मिर्गौला दान गर्न नपाउने कानून संशोधन गरेमा भने दाताको संख्या उल्लेख्य हुने र मिर्गौला रोगीका लागि वरदान साबित हुने उनीहरुको ठम्याई छ।
विश्व मिर्गौला दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत किष्ट मेडिकल कलेजले सोमबार गरेको कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले यस्तो कानून संशोधन गरी बाधा फुकाउन सरकार तयार रहेको बताउनुभयो । आफन्त बाहेकले मिर्गौला दान गर्न नपाउने प्रावधान संशोधन भएमा बढ्दो मिर्गौला रोगीको उपचार अझै सहज हुन उहाँको भनाई छ ।
किष्ट मेडिकल कलेजका प्राचार्य प्रा डा बालमानसिंह कार्कीले मिर्गौला रोगीका निम्ति जीवनदानका लागि अंगदानमा प्रोत्साहित गर्नुपर्ने बताउनुभयो । त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव डा रोशन पोखरेलले मस्तिष्क मृत्युपश्चात अंगदानलाई सरल र सहज बनाउनेतर्फ मन्त्रालयले काम गरिरहेको बताउनुभयो ।
उच्च रक्तचाप, मधुमेहजस्ता रोगका साथै तनाबग्रस्त जीवनशैली र अस्वस्थकर खानपिनले मिर्गौला बचाउनु चुनौतिपूर्ण बनेकाले यसतर्फ सतर्क रहनुपर्ने सुझाव चिकित्सकको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा हालसम्म ३० लाख मानिसमा मिर्गौलाको समस्या रहेको र वर्षेनी ३ हजार जनाको मिर्गौला फेल हुने गरेको छ । हालसम्म २५ सय जनामा मिर्गौला प्रत्यारोपण भइसकेको र ७ हजार जना डाईलासिस गराएर प्रत्यारोपणको पर्खाइमा छन् ।
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
