जनस्वास्थ्य सरोकार, काठमाडौँ । आज फागूपूर्णिमा । यसलाई रंगको पर्वका रुपमा पनि लिइन्छ । प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन फागुपूर्णिमा मनाइन्छ । काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा आज (बिहीबार) र तराई मधेसमा भोलि (शुक्रबार) होलीको रुपमा मनाइँदै छ ।

फागुपूर्णिमा विशेष रुपमा बालबालिकादेखि वृद्धवृद्धासम्मले उत्सवका रुपमा एकापसमा रङ, अबिर लगाइदिने, नाच गान गर्ने र मीठो परिकार बनाएर खाने र खुवाउने गरेर हर्षोल्लासका साथ मनाइने गरिन्छ ।
फागुपूर्णिमा एक आपसमा रङ दलिने हुनाले यसबाट सजग र सचेत हुन पनि जरुरी हुन्छ ।
रंग आँखामा पार्न हुँदैन । यसमा खतरानाक रसायन हुने भएकाले दृष्टि गुम्न सक्छ, छालामा एलर्जी हुनसक्छ । लोला प्रहारले आँखा र कानमामा लागेर समस्या ल्याउनसक्छ ।
लापरबाही किसिमले अबिर प्रयोग गर्नाले छाला चिलाउने वा पोल्ने, एक्जिमा देखिने हुन सक्छ । डन्डीफोर भएकाहरूलाई रासायनिक रंगले झन् समस्यामा पार्नसक्ने वरिष्ठ छाला एवं सौन्दर्य विशेषज्ञ प्रा.डा. धर्मेन्द्र कर्णको भनाइ रहेको छ ।

होली खेल्नुअघि शरीरको धेरैजसो भाग छोपिने गरी लुगा लगाउने, शरीरमा तेल वा मोइस्चराइजर र फाउन्डेसन लगाउनाले सम्भावित खतराबाट केही हदसम्म बच्न सकिने चिकित्सकहरुले सुझाएका छन् । कुनै समस्या भएमा तत्काल चिकित्सकको सुझाव र सल्लाह लिनुपर्ने उनीहरुको भनाइ छ ।
रङको पर्व होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाका तीनै जिल्लामा एक हजार ३०० ट्राफिक प्रहरी खटाई व्यवस्थापन कडा गरेको छ ।
होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित होली बनाउन महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी थप जनशक्ति परिचालन गरेको जनाएको छ ।
बिहीबार बिहानैदेखि प्रहरी नायब उपरीक्षकको नेतृत्वमा दुई वटा अनुगमन टोली, १४ वटा मोबाइल टोली, सवारीसाधन अभिलेख व्यवस्थापन टोली र मोटरसाइकलमा थप ट्राफिक प्रहरी परिचालन गरिने जनाइएको छ ।
उच्छृङ्खल तथा अवान्छित तरिकाले सवारीसाधनको प्रयोग गर्ने, तीव्र गति र ‘जिगज्याग’ गरी मोटरसाइकल चलाउने, मादकपदार्थ सेवन गरी गाडी चलाउने, मोटरसाइकलमा हेल्मेट नलगाउने, मोटरसाइकलमा बढी मान्छे राख्ने, सवारीसाधनको प्रयोग गरी महिलालाई लक्षित गरी रङ लोला हान्ने र अभद्र व्यवहार गर्नेलाई कारबाही गरिने प्रहरीले जनाएको छ ।
महाशाखाले होली पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाका विभिन्न नाकासहित ६८ स्थानमा विशेष जाँचको व्यवस्था मिलाएको छ । बिहानैदेखि मापसे कडाइका साथ परीक्षण गर्ने महाशाखाले जनाएको छ ।
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
