
जनस्वास्थ्य सरोकार, काठमाडौं । कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएकाले उपचारका लागि अस्पताल जाँदा पीसीआर परीक्षण गर्नु नपर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिड–१९ को लक्षण नदेखिएका र खोपको पूर्ण मात्रा लगाएकाले अस्पतालमा स्वास्थ्य परीक्षण गर्न जाँदा कोभिड परीक्षण गर्नु नपर्ने भएको हो ।
सरकारले फागुन २३ गतेदेखि अस्पतालमा स्वास्थ्य परीक्षण गर्न जाँदा अनिवार्य पीसीआर परीक्षणको नियम हटाइसकेको छ । अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा खोप कार्ड भने अनिवार्य लिएर जानुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


