
जनस्वास्थ्य सरोकार, बैतडी । बैतडी जिल्लामा कोरोनाका संक्रमित शून्य भएको छ । स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार जिल्लाका १० वटै स्थानीय तहमा कोरोनाका बिरामी छैनन् ।
जिल्लामा कोरोनाका सक्रिय संक्रमित शून्य भएसँगै जनजीवन पनि सहज बनेको उनले बताए। उनले भने, “सक्रिय संक्रमित शून्य भएपछि जनजीवन सहज भएको छ, संक्रमणको जोखिम अझै हुनसक्ने भएकाले स्वास्थ्यका मापदण्ड भने पालना गर्नुपर्छ।”
जिल्लामा कोरोना संक्रमणबाट हालसम्म १८ जनाको मृत्यु भइसकेको छ। जिल्लाका हरेक स्थानीय तहमा हाल कोरोनाविरुद्धको खोप अभियान जारी रहेकाले खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गरिएको छ। सीमानाका झुलाघाट स्वदेश भित्रिनेहरूको नियमित कोरोना परीक्षण भइरहेको छ। रासस
प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


