
जनस्वास्थ्य सरोकार, काठमाडौं । ठुला मानिसमा जस्तै साना बालबालिकामा पनि बाथ रोग देखिन सक्छ । गर्भावस्थामा आमाको पेटमा रहदा देखि नै बच्चामा बाथ देखिनसक्छ ।
बालबालिकामा देखिने बाथका प्रकार :
बालबालिकामा पनि गठिया बाथ, मेरुदण्डको बाथ, लुपस, छालाको बाथ, मांसपेन्सी लगायत विभिन्न किसिमका बाथ देखिन सक्छन् । आमामा 'एडी लुपस' भन्ने बाथ अर्थात 'एन्टी रो एन्टीबडी' भएमा पेटमा रहेको बच्चामा छालामा रातो डाबर आउने, मुटुको धडकनमा समस्या आउनसक्छ ।
लुपसका बिरामीले गर्भवती हुनु अगाडी 'एन्टी रो एन्टीबडी' जाँच गराउनुपर्छ र पोजेटिभ भएमा बाथ रोग विशेषज्ञको सुझावमा समय समयमा बच्चाको मुटु जाँच गराउनुपर्छ ।
जोर्नी दुखाइ, जोर्नी सुन्निने, ढाड दुख्ने, छालामा डाबर आउने, आँखा रातो हुने, बारम्बार ज्वोरो आउने लगायत बालबालिकामा देखिने बाथका लक्षणहरु हुन् ।

बाल्यकाल भनेको बढ्ने उमेर हो । बाल्य अवस्थामा हाड जोर्नी तथा मांसपेशीको वृद्धि हुन्छ । बाथको कारण जोर्नीमा समस्या आएमा हड्डी कमजोर हुने, उचाई कम रहने, तौल कम हुने, जोर्नी बिग्रने हुन सक्छ । यस्तो जटिलता देखिएपछि कामकाज गर्न मुस्किल हुने, अरुको भरपर्नुपर्ने र पढाइमा बाधा पुग्ने पनि हुनसक्छ ।
कुनैकुनै बाथ रोग जस्तै लुपस बालबालिकामा देखिएमा त्यसको जटिलताहरु जस्तै किड्नीमा समस्या बढी मात्रामा देखिन सक्छ । त्यसैले भविष्यमा जटिलताहरु कम होस र शारीरिक विकासमा कुनै कमी आउन नदिन समयमा नै बाथको उपचार गर्नु जरुरी छ । समयमै उपचार गराउदा साधारण मानिसको जस्तै जीवन जिउन सम्भव हुन्छ । (डा. श्वेता नकर्मी रातोपुलस्थित नेशनल बाथरोग सेन्टरमा कार्यरत हुनुहुन्छ ।)
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

