
जनस्वास्थ्य सरोकार, काठमाडौं । अबदेखि नेपालका सिमा नाका तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेश गर्दा पूर्ण मात्रा खोप नलगाएका र लक्षण देखिएकाले मात्रै कोरोना परीक्षण गर्नुपर्ने भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित नेपाल प्रवेश गर्ने सीमा नाकामा कोरोना भाइरसको पूर्ण मात्रा खोप नलगाएका र लक्षण देखिएकाले मात्रै स्वास्थ्य परीक्षण गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आइतबार सूचना जारी गर्दै पूर्ण खोप नलगाएका ५ वर्ष माथिका बालबालिकामा पनि लक्षण देखिएमा नाकामा परीक्षण हुने बताएको छ । सरकारले पूर्ण खोप लगाएका तथा कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण नदेखिएकाहरुको भने स्वास्थ्य परीक्षण नगर्ने जारी सूचनामा उल्लेख गरीएको छ ।

प्रकाशित मिति: आइतबार, चैत ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


