नेभिगेशन

थपिए ३७ कोरोना संक्रमित, ३८२ जना संक्रमणमुक्त

जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४०६१ जनामा गरिएको परीक्षणमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३८२ जना संक्रमणमुक्त भएका छन् भने कोरोनाका कारण कसैको मृत्यु भएको छैन् ।

यससँगै हाल देशभर कोरोना संक्रमितको सक्रिय संख्या ३२४१ पुगेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट