
जनस्वास्थ्य सरोकार, बलेवा । गण्डकी प्रदेशका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले गलकोट नगरपालिका–२ को नरेठाँटी स्वास्थ्यचौकी भवन उद्घाटन गरेका छन् ।
उद्घाटन गर्दै उनले कोरोना महामारीले स्वास्थ्य क्षेत्रमा लगानी बढाउने प्रेरणा मिलेको समेत बताए । विसं २०५३ मा स्थापना भएको उपस्वास्थ्य चौकी २०६९ मा स्तरोन्नति गरिएको थियो । कोरोना महामारीको कारण ढिला भएकोे नरेठाँटी स्वास्थ्य चौकीका इन्चार्ज गणेश सुनारले बताए ।
नगरप्रमुख भरत शर्मा गैरेले आर्थिक समृद्धिका लागि गुणस्तरीय स्वास्थ्य सेवा अत्यन्तै आवश्यक रहेको बताए। कार्यक्रममा जग्गादाता, कोभिड व्यवस्थापनमा योगदान पुर्याउने व्यक्ति र सङ्घ संस्था महिला स्वयंसेविका, भवन निर्माण समिति, जग्गा व्यवस्थापन समिति लगायतलाई सम्मान गरिएको थियो। रासस
प्रकाशित मिति: सोमबार, चैत ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३ट्रेन्डिङ
