
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टेस्टट्यूब बेबी सेन्टरहरुको अनुगमनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ ।
मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा मदन उपाध्यायको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको हो। समितिमा मन्त्रालयको बरिष्ठ औषधि व्यवस्थापक, मन्त्रालयकै अनुगमन शाखा प्रमुख, कन्सलटेन्ट गाइनोकोलोजिष्ट, कन्सलटेन्ट प्याथोलोजिष्ट सदस्य छन्।
सदस्यले स्थलगत अध्ययन गरी मापदण्ड पुरा भएका सेन्टरलाई सञ्चालन स्वीकृत प्रदान गर्ने छ।
जनस्वास्थ्य सेवा नियमावली २०७७ को नियम १२ बमोजिम निजी, गैरसरकारी वा गैर नाफामूलक सामुदायिक स्वास्थ्य संस्था सञ्चालनका लागि नियमावलीको अनुसूची ९ अनुसार स्वास्थ्य संस्थाले इजाजतपत्र लिनुपर्ने कानूनी व्यवस्था छ।
मन्त्रालयले १५ दिनको समय दिँदै सबै सेन्टरलाई दर्ताका लागि आवेदन दिन भनेको थियो। हालसम्म २३ वटा संस्थाले दर्ताका लागि निवेदन दिएका छन्।
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
