
जनस्वास्थ्य सरोकार, रामेछाप । रामेछापको गोकुलगंगा–३ मा सोमबारबाट निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । गोकुलगंगा गाउँपालिका र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको सहकार्यमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको हो ।
पालिका अस्पताल रस्नालुमा सञ्चालित शिविरमा पहिलो दिन ९ सय ६५ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । जसमा २ सय ११ जनाको रक्त परीक्षण, १ सय ९७ जनाको भिडियो एक्सरे र १ सय ५३ जनाको ईसीजी गरिएको छ ।
त्यस्तै ५५ जनाको दाँत खोलिएको छ भने शिविरमा उपचार सम्भव नभएका ४७ जना बिरामीलाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ । शिविर मंगलबार पनि जारी रहने छ ।
केएमसीले शुक्रबार भक्तपुरको दधिकोटमा स्वास्थ्य शिविर सञ्चालन गरेर ९ सय ६५ जना बिरामीको निःशुल्क उपचार गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


