
जनस्वास्थ्य सरोकार, काठमाडौं । अमेरिकामा पछिल्लो एक महिनामा दुई लाख ७० हजार बालबालिका कोरोना भाइरसबाट नयाँ संक्रमित भएका छन्।
अमेरिकाको वालबालिका अस्पताल संघले सोमबार दिएको जानकारी अनुसार महामारी सुरु भएदेखि अहिलेसम्म भने एक करोड २० लाख ८० हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।
गत मार्च १७ सम्ममा पछिल्लो एक हप्तामा भने ३१ हजार ९ सय ९१ बालबालिका कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । ठूलो सङ्ख्यामा बालबालिकाहरु कोरोना भाइरसबाट सङ्क्रमित भएको विषयलाई अमेरिकी अधिकारीहरुले चिन्ताको रुपमा लिएका छन् ।
“यसले बालबालिकाको स्वास्थ्यमा असर पार्नेछ भन्ने कुरालाई गम्भीर रुपमा लिएर, त्यसतर्फ बेलैमा ध्यान दिनु पर्दछ”, एक अधिकारीले भने । रासस
प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


