जनस्वास्थ्य सरोकार, सोल । दक्षिण कोरियामा कोरोना भाइरसका दैनिक करिब ५ लाख नयाँ संक्रमित देखिन थालेका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा ४ लाख ९० हजार ८८१ जना (झन्डै ५ लाख) नयाँ संक्रमित थपिएका हुन । योसँगै दक्षिण कोरियामा अहिलेसम्म कुल संक्रमित संख्या १ करोड ४ लाख २७ हजार २४७ जना पुगेको छ ।
कोरिया रोग नियन्त्रण तथा व्यवस्थापन निकायका अनुसार यसभन्दा अघिल्लो दिन ३ लाख ५३ हजार ९६८ नयाँ संक्रमित देखिएका थिए । ओमिक्रोन भाइरसका कारण संक्रमित संख्या यसरी अत्याधिक बढेको अधिकारीहरुको भनाई छ ।
नयाँ संक्रमितमध्ये १ लाख एक हजार १३३ जना राजधानी सोलका मात्रै रहेको अधिकारीहरुले जनाएका छन् । संक्रमित भएका मध्ये १ हजार ८४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । पछिल्लो एक दिनमा कोरोनाका कारण २९१ जनाको ज्यान गएको छ ।
रासस–सिन्ह्वा
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३


