जनस्वास्थ्य सरोकार, काठमाडौं । ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔं, जीवन बचाऔँ’ भन्ने मुल नाराका साथ आज विश्व क्षयरोग दिवस मनाइँदैछ । हरेक वर्ष २४ मार्चको दिनलाई विश्व क्षयरोग दिवसको रुपमा मनाउने गरिएको छ ।
क्षयरोग माइक्रोबैक्टेरियम ट्यूबरकुलोसिस नामक व्याक्टेरियाको संक्रमणका कारण हुने रोग हो । कुनै पनि क्षयरोगीको सम्पर्कमा आउनाले यो रोग सर्ने जोखिम हुन्छ । अस्वस्थ जीवनशैली तथा अस्वस्थकर खानपानका कारण पनि मानिसलाई क्षयरोगको संक्रमण हुने खतरा बढ्छ ।
दुई हप्ताभन्दा बढी समय एकनासले खोकी लाग्नु, खोकीसँगै खकारमा रगत देखिनु, हल्का ज्वरो आउनु क्षयरोगको सामान्य लक्षण हो ।
नेपालमा अझै ४० हजार क्षयरोगी पहिचान र उपचारको पहुँच बाहिर रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले तथ्याङ्क सार्वजनिक गरेको छ । क्षयरोगका अनुमानित बिरामीको संख्या र उपचारमा आएका बिरामीको अनुपात हेर्दा अझै प्रति वर्ष झन्डै ४० हजार भन्दा बढी व्यक्तिको रोग पत्ता लगाई उपचारको दायरामा ल्याउन आवश्यक रहेको केन्द्रले औंल्याएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाललाई सन् २०२१ देखि औषधि प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएको ३० देशको सूचीमा समावेश गरेको छ । औषधि प्रतिरोधी क्षयरोगका अनुमानित बिरामीको संख्या वार्षिक रुपमा २ हजार २ सय रहेको छ ।
आर्थिक वर्ष २०७७/७८ मा राष्ट्रिय क्षयरोग कार्यक्रममा ५ सय ६९ जनाको औषधि प्रतिरोधी क्षयरोग पहिचान भएकोमा ४ सय १८ जना मात्र उपचारमा दर्ता भएका छन् । यसरी अनुमानित औषधि प्रतिरोधी क्षयरोगका बिरामी र रोग पत्ता लागी उपचारमा आएका बिरामीको संख्या हेर्दा १ हजार ६ सय ३१ जनाको रोग पत्ता लगाई उपचारमा ल्याउन चुनौती देखिएको केन्द्रले जनाएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का नेपाल प्रतिनिधि डा. राजेश साम्भाजिराव पाण्डवले क्षयरोग सेवाको पहुँच बढाउन, प्रभावित व्यक्तिको सशक्तिकरण, अनुसन्धान तथा नवीनत कार्यक्रममा लगानी गर्न सुझाव दिनुभएको छ ।
क्षयरोग अन्त्यको लक्ष्य प्राप्त गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षणको दिशा निर्देश र विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको क्षयरोग अन्त्यका रणनीतिलाई निर्देशक सिद्धान्त मानी पञ्चपर्षीय रणनितिक योजना २०७७÷७८ देखि २०८२/८३ तयार गरेको छ ।
नेपालमा वार्षिक ६९ हजार नयाँ क्षयरोगका बिरामी थपिने गरेको छ । राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षण २०७४/७५ ले नेपालमा वार्षिक रुपमा क्षयरोगका ६९ हजार नयाँ बिरामी थपिने अनुमान गरेको हो । जसमध्ये ६७ प्रतिशत पुरुष, ३३ प्रतिशत महिला र सात प्रतिशत बालबालिका रहेका छन् ।
विश्व क्षयरोग दिवसको पूर्वसन्ध्यामा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले एक कार्यक्रम गर्दै सार्वजनिक गरेको आर्थिक वर्षका २०७७÷७८ को तथ्याङ्क अनुसार नेपालमा २८ हजार ६७७ जना क्षयरोग बिरामी उपचारमा दर्ता भएका छन् ।
क्षयरोगका अनुमानित बिरामीको संख्या र उपचारमा आएका बिरामीको संख्याको अनुपात हेर्दा अझै प्रति वर्ष झण्डै ४० हजारभन्दा बढी मानिसहरुको रोग पत्ता लागेको र उपचारको दायरामा ल्याउन आवश्यक रहेको केन्द्रका निर्देशक डा. संजयकुमार ठाकुरको भनाइ छ ।
सो सर्वेक्षणले नेपालमा वार्षिक नयाँ तथा पुराना गरी एक लाख १७ हजार क्षयरोगका बिरामी रहेका छन् । १६ हजार बिरामीको मृत्यु हुने अनुमान उक्त सर्वेक्षणले गरेको छ ।
केन्द्रको तथ्याङ्क अनुसार नेपालमा ९१ प्रतिशत क्षयरोगीहरुको सफल उपचार हुने गरेको छ । औषधि प्रतिरोधी क्षयरोगका अनुमानित बिरामीको संख्या वार्षिक २२ सय छ । डा. ठाकुरका अनुसार यो संख्या जनसंख्याको अनुपातमा हेर्दा अत्यन्त धेरै रहेको र विश्व स्वास्थ्य संगठनले नेपाललाई सन् २०२१ देखि औषधि प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएका ३० देशको सूची सार्वजनिक गरेको नेपाल पनि समावेश भएको केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा राष्ट्रिय क्षयरोग कार्यक्रममा ५६९ जनाको औषधि प्रतिरोधी क्षयरोग पहिचान भएको थियो भने ४१८ जना उपचारमा दर्ता भएका थिए ।
यसरी अनुमानित औषधि प्रतिरोधी क्षयरोगका बिरामी र रोग पत्ता लागि उपचारमा आएका बिरामीको संख्या हेर्दा १६ सय ३१ जना व्यक्तिहरुको रोग पत्ता लागेर उपचारमा ल्याउन झनै चुनौति देखिएको ठाकुर बताउनुहुन्छ ।
विश्व स्वास्थ्य संगठनको वार्षिक प्रतिवेदन २०२० अनुसार संसारभरी करिब ९९ लाख मानिसहरु क्षयरोगबाट पीडित भएका थिए । जसमा ५५ लाख पुरुष, ३३ लाख महिला र ११ लाख बच्चाहरु थिए । क्षयरोग नियमित उपचारले निको हुने रोग भएपनि वर्षिक १५ लाख मानिसको मृत्यु हुने गरेको अनुमान गरिएको छ ।
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
