
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँमा आजदेखि ५ औँ नेपाल मेडिकल, हेल्थ केयर सप्लाई चेन सो, नेपाल ल्याव एक्स्पो र नेपाल फर्म्याक एक्स्पो सुरु भएको छ । एक्स्पो चैत १० देखि १२ गते सम्म काठमाडौँको भृकुटी मण्डपमा सञ्चालन हुने छ ।
एसडी प्रोमो मिडियाको आयोजना र इन्जिनियरिङ एक्पर्ट प्रमोसन काउन्सिल (इइपीसी इन्डिया) र केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसियशन अफ नेपाल (केमसान) को सह–आयोजनामा भएको उक्त एक्स्पो अस्पताल, मेडिकल र प्रयोगशालाको क्षेत्रमा नेपालको एकमात्र बृहत कार्यक्रम भएको बताइएको छ ।
स्वास्थ्य संस्था, प्रयोगशाला र औषधि उद्योगलाई आवश्यक पर्ने साथ र सहयोग प्रदान गर्दै अहिलेको अवस्थामा अग्रपंत्तिमा रहेर उद्योग सञ्चालन गराउनु एक्स्पोको मुख्य उदेश्य रहेको आयोजक समितिले जनाएको छ ।
उक्त एक्सपोले नयाँ आविष्कार र नयाँ बजारको खोजी गर्दै नेपालको चिकित्सा र प्रयोगशाला उद्योगलाई आवश्यक उचाइमा लिएर जानेमा आयोजक विश्वस्त छन् ।
विश्वभरिका कम्पनिहरूका नयाँ प्रयोग, नयाँ सेवा एवं उत्पादनलाई नेपालका सहयोगी कम्पनिहरूले यस एक्सपोमा प्रस्तुत गरेका छन् । त्यसबाहेक, चिकित्सा उपकरण, निदान उत्पादन, जैविक चिकित्सा उपकरण, शल्य चिकित्सा उपकरण, अस्पताल फर्नीचर, चिकित्सा उपभोग्य सामग्री, एक्स–रे उपकरण, अर्थोपेडिक प्रत्यारोपण, चिकित्सा ग्यास, विश्लेषणात्मक उपकरण, प्रयोगशाला उपकरण, औषधि मेसिनरी जस्ता सामग्रीका लागि एक्स्पो एउटा विशेष मन्च हुने आयोजक समितिले जनाएको छ ।
उक्त एक्स्पोमा विभिन्न देशका २५० भन्दा धेरै कम्पनी, ५ सय भन्दा धेरै ब्रान्ड सहित बिजनेस लिडर, डाक्टर, वैज्ञानिक, रोग विशेषज्ञ, अनुसन्धानकर्ता, सरकारी अधिकारी, नीति निर्माता, उद्योग पेसेवरहरुलाई उपस्थिति रहेको छ ।
सन् २०२० मा नै आयोजना हुने भनिएको यो एक्स्पो कोभिड—१९ महामारीका कारण अहिलेको मितिमा सरेको हो ।
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
