
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघले रौतहटको गजेन्द्र स्मृती अस्पतालले प्रकाशन गरेको विज्ञापनप्रति आपत्ती जनाएको छ। संघले अस्पताल प्रशासक तथा सहायक प्रशासकको आवश्यक योग्यता तोक्दा अस्पताल व्यवस्थापन विषय पढेकालाई प्राथमिकता नदिएको भन्दै परिमार्जन गरेर पुन सूचना प्रकाशन गर्न माग गरेका छन् ।
संघले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ‘विगत २० वर्षदेखि स्वदेश तथा विदेशका विभिन्न विश्वविद्यालयबाट स्वास्थ्य सेवाअस्पताल व्यवस्थापन विषयको स्नातक तथा स्नातकोत्तर अध्ययन पूरा गरी स्वास्थ्यको क्षेत्रमा सरकारी, गैरसरकारी तथा निजी स्वास्थ्य संस्थाहरूमा कार्य गरिरहेको र देशमा यससम्बन्धी प्रशस्त जनशक्ति समेत रहेको हुँदा उक्त जनशक्तिलाई प्राथमिकता दिनुपर्ने सम्बन्धमा यस संघ जोडदार माग गर्दछ ।’

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


