
जनस्वास्थ्य सरोकार, बर्दिबास । प्रहरीले महोत्तरीको बर्दिबासबाट नक्कली चिकित्सकलाई पक्राउ गरेको छ । बर्दिबासस्थित साँझा कान्तिपुर डेन्टल प्रा।लि। बर्दिबासका सञ्चालक दिलिप भनिने सञ्जय कुमार महतोलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक बालिष्ट सिंहका अनुसार उनलाई ईलाज सम्बन्धी कसुर मुद्दाको अनुसन्धानको शिलशिलामा पक्राउ गरिएको हो ।
दुई वर्ष अघि उनले धनुषा मिथिला नगरपालिका वडा नं.–९ की १९ वर्षीय रानी सिंह महतोको दाँत उखेलेका थिए । डाक्टर हुँ भन्दै उनको दाँत उखेल्दा अत्यधिक रक्तस्राव भएर रानीको मृत्यु भएको थियो ।
‘रानी दाँत दुखेर साँझा कान्तिपुर डेन्टल प्रा.लि.मा उपचारका लागि आएकी थिइन् । प्रतिवादी दिलिपले आफूसँग चिकित्सकको प्रमाण पत्र नै नभई,डाक्टर हुँ भनी उनको दाँत उखेलेका थिए ।
त्यसपछि अत्यधिक रक्तस्राव भई उनको मृत्यु भएको थियो’, प्रहरी निरीक्षक सिंहले बताउनुभयो । घटनापछि फरार रहेका दिलिपलाई प्रहरीले महोत्तरी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी पश्चात् पक्राउ गरिएको हो । उनलाई बर्दिबास बजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
