नेभिगेशन

नेपालमा अब ६५० एमजीको पारासिटामोल ट्याबलेट बन्ने

जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा अब ६ सय ५० एमजीको पारासिटामोल ट्याबलेट बन्ने भएको छ। बिहीबार बसेको औषधि सल्लाहकार समितिको ५३ औँ बैठकले नेपालमा पनि ६ सय ५० एमजीको पारासिटामोल बनाउने निर्णय गरेको हो।

बैठकले ६ सय ५० एमजीको पारासिटामोल दर्ता गर्न औषधि व्यवस्था विभागलाई अनुमति दिने निर्णय गरेको छ। नयाँ दर्ता हुने पारासिटामोलको मूल्य भने अन्तर्राष्टिय मूल्यको अनुपातमा तोक्ने औषधि व्यवस्था विभागले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट