जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल आयुर्वेद औषधि उत्पादक संघका पूर्व अध्यक्ष विनोद पौडेलको निधन भएको छ । कलेजेको समस्या (लिभर टक्सिसिसी) का कारण उहाँको ग्रान्डी अस्पतालमा राति १ बजेतिर निधन भएको हो । उहाँ ६३ वर्षको हुनुहुन्थ्यो ।

लामो समयदेखि निमोनिया, युरिक एसिडबाट पीडित पौडेललाई विगत ८ दिनदेखि अस्पतालमा भर्ना गरिएको थियो ।
पौडेलका छोरा अष्ट्रेलिया भएकाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा शव गृहमा शव राखिएको र छोरा आएपछि मात्र दाहसंकार गरिने परिवारले जानकारी दिएको छ । । पौडेल सगरमाथा आयुर्वेद औषधि उद्योगका सञ्चालक हुनुहुन्थ्यो ।
पौडेलको असमायिक निधनले आयुर्वेद औषधि उत्पादनको क्षेत्रमा अपुरणीय क्षति भएको उल्लेख गर्दै संघका अध्यक्ष मानबहादुर साउदले सम्पूर्ण आयुर्वेद उत्पादकहरुको तर्फबाट मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ ।
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
