
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा १५ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई टाइफाइड खोप लगाइदैछ ।पहिलो पटक लगाउन लागिएको यो खोप सरकारले चैत २५ देखि बैशाख १८ सम्म बालबालिकाका लागि टाइफाड खोप
अभियान सञ्चालन गर्ने भएको हो । सो अभियानमा १५ महिनादेखि १५ वर्ष मुनिका सबै बालबालिकाहरु संलग्न गराइने छ ।
खोप नजिकैको स्वास्थ्य संस्था, विद्यालय वा वडा कार्यालयबाट उपलब्ध गराइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
एक डोज मात्र लगाउँदा पुग्ने यो खोप निशुल्क पाइने र सुरक्षित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


