
जनस्वास्थ्य सरोकार, काठमाडौँ । वरिष्ठ आँखा रोग बिशेषज्ञ डा सन्दुक रुइतसहित चार नबिल स्किल हिरो घोषणा गरिएको छ ।
स्किल वीक २०२२ को तेस्रो संस्करण समापन समारोहमा चार विधामा चार अत्यन्त प्रेरणादायक व्यक्तित्वहरुलाई नबिल स्किल हिरो अवार्ड २०२२ उपाधिबाट सम्मान गरिएको हो ।
विज्ञान र प्रविधि क्षेत्रतर्फ तिलगंगा आँखा संस्थानका संस्थापक र दृष्टिविज्ञ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइत, पर्यटनतर्फ सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका अध्यक्ष/ एमडी लक्ष्मण न्यौपाने, कला र संस्कृतिको क्षेत्रतर्फ किरण मानन्धर, उद्यमशीलता विधामा लक्ष्मी उड क्राफ्ट उद्योगका संस्थापक तथा उद्यमी लक्ष्मी शर्मा र सस्टेनेबल बैंकिङतर्फ सुयल बखरा फर्मबाट एकराज सुयललाई सम्मान गरिएको छ।
एकहप्ते स्किल वीकमा विभिन्न सीपमूलक तालिमहरुलगायत सीपयुक्त कार्यशाला, तालिम, केस स्टडीलगायत सञ्चालन भएको थियो। मार्च २१ देखि २९ सम्म भएको स्किल वीक कार्यक्रममा चार फरक सीप क्षेत्रहरू प्रदर्शन गरिएको थियो। जसमा कला र संस्कृति, उद्यमशीलता, पर्यटन तथा आतिथ्य, विज्ञान तथा प्रविधि रहेका थिए।
कार्यक्रम नबिल बैंकसँगको साझेदारीमा भएको थियो। रणनीतिक साझेदारका रूपमा बाग्मती प्रदेश, भारतीय दूतावास, दक्छयता, युरोपेली संघ, ब्रिटिस काउन्सिल नेपाल र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्लगायत रहेका थिए।
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
