
जनस्वास्थ्य सरोकार, दार्चुला । ड्युटीमा खटिएका प्रहरी हवल्दार बिरामी भएपछि हेलिकप्टरमार्फत् उद्धार गरिएको छ । अपि हिमाल गाउँपालिका ३ पाथामा आइतबार नेकपा (एमाले) को चुनावी सभाको सुरक्षामा खटिएका प्रहरी हवल्दार ईश्वरबहादुर थापाको अत्यधिक पेट दुख्ने समस्या भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको हो ।
हेलिकप्टरमार्फत् उद्धार गरिएका थापाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख माधव विश्वकर्माले जानकारी दिए ।
थापा बिरामी भएपछि संघीय सांसद गणेशसिंह ठगुन्ना, प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र निमित्त प्रहरी प्रमुख विकको पहलमा हेलिकोप्टर मगाइएको थियो । एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री ठगुन्ना चुनावी अभियानमा अपि हिमाल पुगेका थिए । रासस
प्रकाशित मिति: सोमबार, चैत १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


