
जनस्वास्थ्य सरोकार, कर्णाली । कर्णाली प्रदेशमा ६९ प्रतिशतले कोरोना भाइरसविरुद्ध खोपको दोस्रो मात्रा लगाएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ९ लाख ७३ हजार ६ सय ४८ जनाले खोपको दोस्रो मात्रा लगाएका हुन् ।
हालसम्म खोपको पहिलो मात्रा ७० प्रतिशतले लगाएका छन् । निर्देशनालयका सूचना अधिकारी पदम केसीले १ लाख ७ हजार ६ सय ८१ जनाले बुस्टर डोज लगाएको जानकारी दिए । हाल सबै जिल्लामा कोरोनाविरुद्धको खोप अभियान जारी छ।
कर्णालीमा कोभिशिल्ड, एस्ट्राजेनिका, भेरोसेल, फाइजर, मोडर्ना र जोनसन खोप दिइएको छ। पछिल्लो समय कर्णालीमा कोरोना सङ्क्रमण दर न्यून छ। हाल प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या २६ रहेको छ । रासस
प्रकाशित मिति: बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


