नेभिगेशन

नारायणी अस्पतालमा सिटी स्क्यान सेवा सुरु

जनस्वास्थ्य सरोकार, पर्सा । वीरगन्जको नारायणी अस्पतालमा विगत दुई वर्षदेखि अवरुद्ध रहेको सिटी स्क्यान सेवा पुनः सञ्चालनमा आएको छ। स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको रकमबाट अस्पतालले नयाँ मेसिन नै जडान गरेपछि सेवा पुनः सञ्चालनमा आएको हो।

अस्पतालले सञ्चालन गरेको सिटी स्क्यान सेवाको दरलाई बजार भन्दा ३० प्रतिशत सस्तो राखिएको छ भने आर्थिक अवस्था कमजोर भएकालाई विषेश छुटको प्रबन्ध अस्पताल प्रशासनले गरेको डा प्रधानले जानकारी दिए।

मधेस प्रदेशमै सबैभन्दा बढी बिरामीको चाप हुने अस्पतालले हाल शरीरको सबै भागका विभिन्न १५ प्रकारका कन्ट्रास्ट इहेन्समेटदेखि नन् कन्ट्रासट परीक्षण सेवा सुलभ दरमा प्रदान गरी रहेको रेडियो टेक्नोलोजिस्ट प्रदीप साहले जानकारी दिए।

बारा, पर्सा, रौतहट, सर्लाही र सीमावर्ती भारतीय सहर समेतबाट दैनिक एक हजार २०० भन्दा बढी बिरामी उपचारका लागि नारायणी अस्पतालमा आउने गरेका छन्। बिरामीको रोग पत्ता लगाउने अति नै महत्वपूर्ण मानिने सिटी स्क्यान सेवा नारायणी अस्पतालमा सञ्चालन भएपछि सस्तो दरमा बिरामीले गुणस्तरीय स्वास्थ्य सेवा पाउने उनको भनाइ छ। रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट