
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौंमा कोल्पोस्कोपी सम्बन्धी एक दिने कार्यशाला सम्पन्न भएको छ। नेपाल प्रसूति तथा स्त्री रोग विशेषज्ञ समाज (नेसोग) र वोर्ज कम्पनीको संयुक्त आयोजनामा निजामति कर्मचारी अस्पतालमा सो कार्यशाला सम्पन्न भएको हो ।
कार्यक्रममा महामारी तथा महामारी भन्दा अगाडीको समयमा प्रजनन स्वास्थ्यको अवस्थाका बारेमा छलफल भएको छ।
यस्ता कार्यशालाहरुले पाठेघरको मुखको क्यान्सर समयमै पत्ता लगाई रोगबाट हुने विभिन्न किसिमका समस्याहरु समाधान गर्न सहज हुने तथामृत्युदर समेत घटाउन उल्लेखनिय भुमिका रहने नेपाल प्रसूति तथा स्त्री रोग विशेषज्ञ समाजका अध्यक्ष प्राडा गणेश दंगालले बताउनुभयो ।
क्यान्सर पत्ता लगाउने आधुनिक पद्धतिको विकास सँगसँगै समुदायमा जनचेतनामुलक कार्यक्रमहरु संचालन गरेमा क्यान्सरबाट हुने स्वास्थ्य समस्या न्यूनिकरण भई मानिसहरुको शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यलाई सुधान गर्न सकिने उहाँको भनाई छ ।
कार्यशालामा अस्पतालका पूर्व प्रमुख डा बिमल थापासहित देशका विभिन्न क्षेत्रमा कार्यरत प्रसूति रोग विशेषज्ञहरुको सहभागिता रहेको थियो। कार्यक्रमको उद्घाटन निजामति अस्पतालका सह निर्देशक डा अनुजजंग रायमाझीले गर्नुभएको थियो ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३


