
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । तीन हजार ८३५ जनाको नमुना स्वाब परीक्षण गर्दा २२ जनामा संक्रमण देखिएको हो ।
आज संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्य छ । अहिलेसम्म नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।
त्यस्तै आज ७५ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोभिड १९ का सक्रिय संकमितको संख्या एक हजार २२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
निको हुनेको संख्या ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


