जनस्वास्थ्य सरोकार, काठमाडौं । अटिजम एउटा मस्तिष्कको विशेष अवस्था हो, जसले व्यक्तिको सञ्चार गर्न सक्ने क्षमता र सामाजिक सम्बन्ध स्थापित गर्न बाधा पुर्याउँछ । अटिजम जन्मजात बच्चामा देखिने एक प्रकारको अपाङ्गगता हो । यो जीवनभर रहन्छ ।

विश्वका हरेक १ सय जना नवजात शिशुमध्ये १ जनामा अटिजम हुने विश्व स्वास्थ्य संगठनको तथ्यांक रहेको छ ।
अटिजम बालिका भन्दा बालकलाई हुने सम्भावना पाँच गुणाले बढी हुने गरेको तथ्यांक रहेको छ ।
अटिजम केयर नेपाल सोसाइटीकी अध्यक्ष डा सुनिता मलेकुका अनुसार, अटिजम भए बालबालिका दुई वर्षको हुँदा नै थाहा पाउन सकिन्छ ।
लक्षण
कुनै क्रियाकलाप दोहोर्याइरहने, दोहोरो संवाद नगर्ने, एकोहोरिने, राम्रोसँग बोल्न नसक्ने, शब्दहरु दोहोर्याइरहनेजस्ता लक्षणहरु अटिजम भएका बालबालिकामा देखिन्छ । खेलौनासँग नखेल्ने, खेल्ने कुरा लाइन बनाएर राख्ने गर्छन् । ।
अटिजम हुनुको कारण वंशाणुगत मानिए पनि यसको मुख्य कारण अझै पत्ता लागेको छैन । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा झण्डै तीन लाख व्यक्तिमा अटिजम भएको अनुमान गरिएको छ ।
वास्तवमा अटिजम नसाको सही विकास नभएको अवस्था हो । यस्तो समस्या भएका बालबालिकाले सामान्य बालबालिकाभन्दा फरक किसिमका व्यवहार देखाउने गर्छन् ।
परिवारको साथ र सहयोग तथा विभिन्न थेरापीहरुबाट उनीहरुको व्यवहारमा परिवर्तन ल्याउन सकिने चिकित्सकहरुको भनाइ छ ।
‘समावेशी शिक्षा’ भन्ने मुल नाराका साथ विभिन्न जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गरी आज विश्व अटिजम अवार्नेस दिवस २०२२ मनाइँदैछ ।
हरेक वर्ष अप्रिल २ तारिखमा यो दिवस मनाउने गरिएको छ । सो अवसरमा अटिजम केयर नेपाल सोसाइटीले मुलुकमा एक महिनाभरी अटिजमका बारेमा जानकारी गराउने कार्यक्रम राखेको छ ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३


