
जनस्वास्थ्य सरोकार, कैलाली । कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा एक बिरामीको मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गरेका छन् । गोदावरी नगरपालिका–३ का ३८ वर्षीय विनोदकुमार बोहराको शनिवार बिहान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
उपचारका क्रममा बिरामीको मृत्यु भएपछि आफन्तहरु आक्रोशित भएर अस्पताल तोडफोड गरेको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ ।
चिकित्सकको लापबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तले अस्पतालमा ढुङ्गामुढा गरेका हुन् । ढुङ्गामुढा प्रहारले अस्पताल बाहिरका सिसा फुट्नुका साथै एम्बुलेन्स र शव बहान समेत तोडफोड भएको छ ।
प्रकाशित मिति: शनिबार, चैत १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


