
जनस्वास्थ्य सरोकार, विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत डा विजय यादव शनिबार बिहान मृत अवस्थामा भेटिनुभएको छ ।
शुक्रबार दिनभर स्वास्थ्य शिविरमा खटेका डा यादव शनिबार बिहान मृत भेटिएको अस्पतालका निर्देशक नारायण दाहालले पुष्टि गर्नुभएको हो ।
डा यादव मोरङको कटहरी–३ मा आयोजित स्वास्थ्य शिविरमा खटिनुभएको थियो । शिविर सम्पन्न भएपछि राती साथीभाइसँगै खानपान गरेर डेरातिर जानुभएका डा यादव आफू बस्ने घरको गेटैमा बिहान मृत फेला परेको निर्देशक दाहालले जनकारी दिनुभयो ।
डा यादवको शव पोस्टमार्टमका लागि आइतबार बिहान धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले परिवारका सदस्य र आफन्तको आग्रहमा शव धरान लगिएको जानकारी दिनुभयो । डा यादवको शव घटनास्थलबाट उठाएर प्रहरीले हिजो कोसी अस्पतालमा ल्याएको थियो ।
मृत फेला परेका यादव अस्पतालदेखि करिब २ सय मिटर पूर्व प्रेम बस्नेतको घरमा बस्दै आउनुभएको थियो । सप्तरीको विष्णुपुर गाउँपालिका–१ घर भएका अन्दाजी २८ वर्षीय डा यादव विगत ४ वर्षदेखि नोबेलमा हाडजोर्नी तथा नशा रोग विभागमा कार्यरत हुनुहुन्थ्यो ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३


