
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल औषधि व्यवसायी संघले आगामी वैशाख १ गतेदेखि औषधिको आयात नगर्ने निर्णय गरेको छ । केन्द्रिय कार्यसमितिका २१ सदस्य सहित सातै प्रदेशका प्रदेश अध्यक्षसम्मिलित पूर्ण वैठकले सो निर्णय गरेको हो ।
भारतमा जुन मूल्यमा एमआरपी छ, त्यही मूल्यमा पैठारी सिफारिस पत्र नविकरण हुनुपर्ने मागप्रति सरकारले गरेको बेवास्ताका कारण औषधि आयात नगर्ने निर्णय गरेको संघका केन्द्रिय अध्यक्ष मिर्गेन्द्र मेहेर श्रेष्ठले बताउनुभयो ।
संघले गत फागुन २७ गते प्रधानमन्त्री कार्यालय, स्वास्थ्य मन्त्री र स्वास्थ्य सचिवलाई ज्ञापनपत्र दिएर ३० दिनको अल्टिमेटम दिएको थियो ।
तीन महिने तालिम लिएकाले औषधि पसल खोल्न नपाउने औषधि व्यवस्था विभागको निर्णय खारेज हुनुपर्ने संघको माग रहेको छ । औषधि ऐन २०३५ को दफा १७ मा तीन महिने तालिम लिएका व्यक्तिहरुले पनि औषधि पसल खोल्न पाउने प्रावधान विभागले मिच्याई गरेर हतोत्साही गरेको संघको गुनासो छ ।
हरेक वर्ष नविकरण गर्नुपर्ने समस्यालाई बढाएर ५ वर्ष पुर्यानुपर्ने संघले आग्रह गरेको छ । ९० दिनभित्र नविकरण नगरेमा हालको ५ सय प्रतिशत जरिवानाको अन्त्य गर्नुपर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
हाल मुलुकभर २१ हजारभन्दा बढी औषधि व्यवसायीहरु रहेका छन् ।
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
