
जनस्वास्थ्य सरोकार, काठमाडौँ । बेलायतमा कोरोना भाइरसको नयाँ ‘रिकम्बिनेन्ट’ भेरियन्ट भेटिएको छ । कोरोनाका पुराना भेरियन्ट मिलेर बनेको 'एक्सई रिकम्बिनेन्ट' भेरियन्ट निकै सङ्क्रामक भएको विश्व स्वास्थ्य संगठन (डब्यूएचओ) ले जनाएको छ ।
डब्लुएचओका अनुसार ‘रिकम्बिनेन्ट’ भेरियन्ट गत जनवरी १९ मा बेलायतमा फेला परेको र त्यसयता ६ सयभन्दा बढीमा यसको सङ्क्रमण पुष्टि भइसकेको छ । प्रारम्भिक अनुसन्धानमा ओमिक्रोनको बीए–२ भेरियन्टभन्दा यो १० प्रतिशत बढी सङ्क्रामक रहेको पाइएको र यसबारे थप अनुसन्धान गर्न बाँकी रहेको डब्यूएचओको भनाइ छ ।
बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सी (यूकेएचएसए) ले हालसम्म सार्स–कोभ–२ भेरियन्टका तीन नयाँ रिकम्बिनेन्ट्स (पुराना भेरियन्टहरु मिलेर बनेको नयाँ भेरिन्यन्ट) पत्ता लगाएका छन् । जसमा एक्सएफ, एक्सई र एक्सडी रहेका छन् । यसमध्ये एक्सडी र एक्सएफ डेल्डा र ओमिक्रोनको बी–१ मिलेर बनेको हो भने एक्सई ओमिक्रोनको बीए–१ र बीए२ मिलेर बनेको हो ।
एउटै व्यक्ति दुई वा सोभन्दा बढी भेरियन्टबाट संक्रमित हुँदा यस्ता रिकम्बिनेन्ट भेरियन्ट पैदा हुन्छ । यसअघिका महामारीमा यस्ता रिकम्बिनेन्ट्सहरु देखिएका थिए ।
युकेएचएसएका अनुसार एक्सएफ भेरियन्ट हालसम्म मात्र ३८ जनामा देखिएको छ र यो मध्य फेब्रुअरीदेखि कसैमा देखिएको छ । एक्सडी पनि बेलायत फेला परेको छैन भने विश्वभर यसका ४९ केसमात्र फेला परेका छन् । यद्यपि, बेलायतमा एक्सई भेरियन्टका ६३७ केस फेला परिसकेका छन् । एजेन्सी
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
