
एजेन्सी । बलिउड अभिनेत्री मलाइका अरोरा अस्पतालबाट डिस्चार्ज भएकी छिन् । कार दुर्घटना भएपछि उनी मुम्बईस्थित अपोलो अस्पतालमा भर्ना भएकी थिइन् ।
शनिबार राती अस्पतालले जारी गरेको विज्ञप्तीमा भनिएको थियो ‘निधारमा सामान्य चोटपटक लागेर मलाइकालाई अस्पतालको निगरानीमा राखिएको छ । सीटी स्क्यानबाट निको भएको छ । उनको अवस्था सामान्य छ । उनलाई रातभर निगरानीमा राखेर भोलि बिहान डिस्चार्ज गरिने छ ।’
भारतीय सञ्चारमाध्यमका अनुसार हाल मलाइका डिस्चार्ज भएर आफ्नै घरमा आराम गरिरहेकी छन् । त्यस्तै दुर्घटनाको छानबिन गर्न मुद्धा दर्ता गरिएको मुम्बई पुलिसले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, चैत २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


