
जनस्वास्थ्य सरोकार, बेनी । ६५ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा म्याग्दी सदरमुकाम बेनीमा रहेको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मुठ्ठीदान सहयोग गरेको छ।
सहकारीले सञ्चालन गरेको मुठ्ठीदान अभियानमार्फत बेनी नगरपालिकाका अतिविपन्न १० महिलालाई स्वास्थ्य बीमाबापतको रकम सहयोग गरेकोे हो। बीमाबापत प्रतिव्यक्ति रु तीन हजार ५०० का दरले रु ३५ हजार आर्थिक सहयोग गरिएको सहकारीका अध्यक्ष ज्योति लामिछानेले जानकारी दिए।
एक वर्षका लागि स्वास्थ्य बीमाबापतको उक्त रकम सहकारीका अध्यक्ष लामिछाने र जिल्ला सहकारी सङ्घ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्कीले प्रदान गरेका हुन्। रासस
प्रकाशित मिति: सोमबार, चैत २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


