नेभिगेशन

२४ जनामा कोरोना संक्रमण,५१ जना संक्रमणमुक्त

जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो चौबिस घण्टामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ हजार ५ सय ८७ जनामा गरिएको परिक्षणमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो चौबिस घण्टामा ५१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन् ।

यससँगै हाल देशभर कोरोना संक्रमितको सक्रिय संख्या ८ सय १२ पुगेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट