
जनस्वास्थ्य सरोकार, काठमाडौँ । यात्रुको स्वास्थ्यमा समस्या आएपछि धनगढीबाट उडेको विमान नेपालगञ्जमा अपतकालीन अवतरण गरिएको छ ।
सो विमानमा यात्रा गरिरहनु भएका सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठको श्वासप्रश्वासमा समस्या देखिएपछि धनगढीबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको जहाज बुधवार विहान नेपालगञ्जमा आपतकालीन अवतरण गरिएको विमानस्थल सुरक्षा प्रहरीका प्रमुख सई जनक बुढाले बताउनुभयो ।
न्यायधीश बमको विमानस्थलको भिआइपी कक्षमा राखेर सामान्य उपचार गरिएको थियो । अहिले स्वास्थ्य अवस्था सामान्य भएपछि नेपालगञ्जस्थित एक जना आफन्तको घरमा आराम गरिरहनुभएको विमानस्थल सुरक्षा प्रहरीका प्रमुख बुढाले जानकारी दिनुभयो ।
न्यायधीश बम र उहाँका सुरक्षाकर्मीलाई नेपालगञ्जमा झारेर बुद्ध एअरको सो विमान करिब १० बजे काठमाडौका लागि उडेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, चैत २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


