
जनस्वास्थ्य सरोकार, काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर अचानक अस्वस्थ भएपछि ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ ।
पार्टीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन नवलपरासी र रुपन्देही जानुभएका अध्यक्ष ठाकुर आज अचानक अस्वस्थ भएपछि उहाँलाई हेलिकप्टरबाट ग्राण्डी अस्पताल ल्याइएको लोसपाका कार्यकारिणी सदस्य अकवाल अहमदले जानकारी दिनुभयो ।
अहिले ठाकुरको स्वास्थ्य अवस्था सामान्य छ । स्थानीय डाक्टरले थप उपचारका लागि काठमाडौँ लग्न भनेपछि हेलिकप्टरबाट ग्राण्डी अस्पताल पठाइएको उहाँको भनाई छ ।
अध्यक्ष ठाकुर हिजो नवलपरासीमा आयोजित आमसभालाई सम्बोधन गर्नुभएको छ । आज रुपन्देहीको भैरहवामा पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुने कार्यतालिका थियो तर बिहान चार बजे अचानक स्वास्थ्यमा समस्या देखिएको थियो ।
प्रकाशित मिति: बुधबार, चैत २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


