
जनस्वास्थ्य सरोकार, काठमाडौं । बागमती प्रदेशमा १२ लाख ५२ हजार ५ सय ३९ जना बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइने भएको छ।
यहि चैत २५ गतेदेखि बैशाख १८ गतेसम्म संचालन हुने टाइफाइडविरुद्धको खोप अभियानमा बागमती प्रदेशका १५ महिनादेखि १५ वर्षमुनीका १२ लाख ५२ हजार ५ सय ३९ बालबालिकालाई टाइफाइडको खोप दिइने भएको हो ।
बागमती प्रदेशका १३ जिल्लामा खोप अभियानका लागि ६ हजार ५ सय २० खोप केन्द्र निर्धारण गरेको छ। यी खोप केन्द्रमा ८ हजार ८ सय ५८ जना खोपकर्मी परिचालन हुनेछन् । टाइफाइडको संक्रमण बढ्दो देखिएपछि नेपाल सरकारले पहिलो पटक राष्ट्रिय खोप अभियान सुरु गरेको हो ।
प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

