
जनस्वास्थ्य सरोकार, हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा वर्डफ्लु रोग नियन्त्रण गर्न चेकपोष्ट स्थापना गरिएको छ। उक्त चेकपोष्टको आज बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकासमन्त्री वसुन्धरा हुमागाईं उद्घाटन गर्नु भयो ।
कुुखुरामा वर्डफ्लु रोग देखिएपछि त्यसको रोकथामका लागि चेकपोष्ट स्थापना गरिएको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ। सो अवसरमा मन्त्री हुमागाईंले वर्डफ्लु रोगका कारण कुखुरा व्यवसायी समस्यामा परेको उल्लेख गर्दै उक्त रोग नियन्त्रणमा सबैको सहयोग आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा निर्देशनालयका निर्देशक मुगलप्रसाद शाह, मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद गैरेलगायतको उपस्थिति रहेको थियो। रासस
प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


