
जनस्वास्थ्य सरोकार, रामेछाप । रामेछापमा १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइड विरुद्धको खोप अभियानको आज शुभारम्भ भएको छ ।
स्वास्थ्य कार्यालय रामेछापमा रामेछापका प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले खोप अभियानको शुभारम्भ गर्नुभएको हो ।
उहाँले आजदेखि देशभर खोप लगाउन सुरु भएको बताउनुहुँदै नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन सबैमा अनुरोध गर्नुभयो ।
खोप अभियानको पहिलो दिन आज गंगालाल एकेडेमीका १४ जना विद्यार्थीलाई खोप लगाइएको छ ।
जिल्लाभरका ४४ हजार ४ सय १० जना बालबालिकालाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । ३६ हजार ३ सय ३० जना विद्यालयका र ८ हजार ८७ जना विद्यालय बाहिरका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने लक्ष्य राखिएको छ । खोप लगाउनका लागि जिल्लामा २९० वटा खोप केन्द्र तोकिएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


