
जनस्वास्थ्य सरोकार, अछाम । अछाममा टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको छ । साँफेबगर नरगपालिकाबाट अछाम जिल्लामा टाइफाइडविरुद्धको खोप अभियान सुरु गरिएको हो ।
साँफेबगरमा रहेको किन्डर ग्राडेन एकेडेमीबाट खोपको सुभारम्भ गरिएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ । नगरप्रमुख तथा नगर खोप सम्न्वय समितिका संयोजक कुल बहादुर कुवँरको अध्यक्षतामा खोप कार्यक्रम सुभारम्भ गरिएको स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत झनक ढुंगानाले बताए ।
टाइफाइडविरुद्धको खोप अभियान अन्तर्गत १५ महिनादेखि १५ वर्ष उमेर समूहका सबै बालबालिकालाई खोप दिइनेछ ।
यो खोप निशुल्क, सुरक्षित र प्रभावकारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ग्लोबल भ्याक्सिन अलायन्स गाभीको सहयोगमा सरकारले देशभरका ७५ लाख बालबालिकालाई लक्षित गरी अभियान सुरु गरेको हो ।
प्रकाशित मिति: शनिबार, चैत २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३ट्रेन्डिङ
